पोखरामा अक्सिजनको अभावमा ७ जनाको मृत्यु भएकोप्रति सांसद बरालको ध्यानाकर्षण
- गाउँ सहर संवाददाता
- १४ जेठ शुक्रबार, २०७८ | १७:३५:०० मा प्रकाशित
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा अक्सिजनको अभावनमा सुत्केरी सहित ७ जनाको मृत्यु भएको घटनाप्रति गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बरालले सरकारकाे ध्यान आकर्षण गराएका छन् ।
मानव स्वाथ्यको लागि अति आवश्यक पर्ने अक्सिजन उपयुक्त ढंगले प्रतिष्ठानले व्यबस्थापन गर्न नसक्दा एकै रातमा सुत्केरी सहित ७ जना बिरामीको मुत्यु भएको घटनाप्रति ध्यानआकर्षण गराउदै उनले अस्पतालमा व्यबस्थापनको कमजोरीका कारण उक्त घटना भएकोमा दुःख व्यक्त गरेका छन् ।
शुक्रबार वक्त्तव्य जारी गर्दै सांसद बरालले आगामी दिनमा स्वास्थ्य जस्तो सम्बेदनशील बिषयमा अस्पताल प्रशासनलाई गम्भीर हुन आग्रह गरेका छन् ।
केही दिन अघि गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सर्वदलिय बैठकमा गण्डकी प्रदेशमा भेन्टिलेटर, अक्सिजन, सहित आईसियू वेडको कुनै अभाव नहुने भनेर बिफ्रिङ गराइए पनि विहिबार राति अक्सिजन अभावले गर्दा तनहुँ, पर्वत, म्याग्दी लगायतका जिल्लाका बिरामीले ज्यान गुमाउनु पर्ने अबस्था आएकोले सरोकारवालाहरुले सोच्नुपर्ने सांसद बरालको भनाई रहेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले भने बमोजिमको काम व्यवहारमा नभएको सांसद बरालको दाबी रहेको छ । प्रतिष्ठान, प्रदेश सरकार, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय समेत स्वास्थ्य जस्तो बिषयमा गम्भीर हुदै भोलिका दिनमा यस्ता घटना पुनः नदोहो¥याउन उनले गम्भीर ध्यानाआकर्षण गराएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
प्रतिकृया दिनुहोस