त्रिविकाे सूचना अव्यवहारिक भन्दै नेविसंघद्वारा तीनबुँदे ध्यानाकर्षण
- गाउँ सहर संवाददाता
- १४ जेठ शुक्रबार, २०७८ | १३:५०:०० मा प्रकाशित

काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ) द्वारा त्रिभुवन विश्वविद्यालयलाई तीनबुँदे ध्यानाकर्षण गराएकाे छ ।
स्नात्तक तह प्रथम वर्षकाे परीक्षा फर्म अनलाइनमार्फत भर्ने कुरा स्वागत याेग्य भएपनि बैंक तथा वित्तिय संस्था पूर्णरूपमा खुला नरहेकाे तथा असर १ देखि नै दाेब्बर दस्तुर लाग्ने र ताेकिएकाे समयसीमा अव्यवहारिक भएकाे भन्दै सच्चयाउन अध्यक्ष राजिज ढुङ्गानाले विज्ञप्तिमार्फत माग गरेका छन् ।
काेराेना महामारीको संकटले उब्जाएको मानसिक तनाव र परीक्षाको चिन्ताले ठूलो समस्यामा रहेका विद्यार्थीहरुमाथि त्रिभुवन विश्वविद्यालयको अव्यवहारिक निर्णयमा पीडा थप्ने नियत देखिएको छ । संकटको समयमा परीक्षा जस्तो संवेदनशील बिषयमा जिम्मेवार र गम्भीर बन्न, परीक्षा फाराम भर्ने तालिका र विधिमासमेत आवश्यक परिमार्जन गरि यस विषम परिस्थिति अनुसार ब्यवहारिक र विद्यार्थीहरुलाई सहज बनाउन महामन्त्री बलदेव तिमल्सिनाले माग गरेका छन् ।
महामन्त्री तिमल्सिनाले याे समयमा पनि दोब्बर दस्तुर उठाउनु विद्यार्थी माथीको गम्भीर शोषण भन्दै महामारीमा असुली होइन नि:शुल्क फाराम भराउने ब्यबस्थाका निम्ति त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस