त्रिविकाे सूचना अव्यवहारिक भन्दै नेविसंघद्वारा तीनबुँदे ध्यानाकर्षण
- गाउँ सहर संवाददाता
- १४ जेठ शुक्रबार, २०७८ | १३:५०:०० मा प्रकाशित
काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ) द्वारा त्रिभुवन विश्वविद्यालयलाई तीनबुँदे ध्यानाकर्षण गराएकाे छ ।
स्नात्तक तह प्रथम वर्षकाे परीक्षा फर्म अनलाइनमार्फत भर्ने कुरा स्वागत याेग्य भएपनि बैंक तथा वित्तिय संस्था पूर्णरूपमा खुला नरहेकाे तथा असर १ देखि नै दाेब्बर दस्तुर लाग्ने र ताेकिएकाे समयसीमा अव्यवहारिक भएकाे भन्दै सच्चयाउन अध्यक्ष राजिज ढुङ्गानाले विज्ञप्तिमार्फत माग गरेका छन् ।
काेराेना महामारीको संकटले उब्जाएको मानसिक तनाव र परीक्षाको चिन्ताले ठूलो समस्यामा रहेका विद्यार्थीहरुमाथि त्रिभुवन विश्वविद्यालयको अव्यवहारिक निर्णयमा पीडा थप्ने नियत देखिएको छ । संकटको समयमा परीक्षा जस्तो संवेदनशील बिषयमा जिम्मेवार र गम्भीर बन्न, परीक्षा फाराम भर्ने तालिका र विधिमासमेत आवश्यक परिमार्जन गरि यस विषम परिस्थिति अनुसार ब्यवहारिक र विद्यार्थीहरुलाई सहज बनाउन महामन्त्री बलदेव तिमल्सिनाले माग गरेका छन् ।
महामन्त्री तिमल्सिनाले याे समयमा पनि दोब्बर दस्तुर उठाउनु विद्यार्थी माथीको गम्भीर शोषण भन्दै महामारीमा असुली होइन नि:शुल्क फाराम भराउने ब्यबस्थाका निम्ति त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस