गाउँ सहर

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न स्वास्थ्य मन्त्रालयकाे माग

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पताल,नेपालगञ्जका स्वास्थ्यकर्मीहरूमाथि गएराति भएकाे दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । 

मन्त्रालयले काेभिडकाे उच्च महामारीमा घरपरिवारभन्दा बिरामीकाे सेवालाई केन्द्रमा राखेर अहाेरात्र खटिने स्वास्थ्यकर्मीमाथि उछृङ्खल तथा गैह्रकानुनी अमानवीय व्यवहार गर्नेहरूलाई कडा कारबाही गर्न पनि सरकार समक्ष माग गरिएकाे छ । 

गाउँ सहर संवाददाता