प्रेस युनियनकाे स्थापना दिवसमा विजय नेपालीलाई कास्कीको उत्कृट सदस्य अवार्ड
- गाउँ सहर संवाददाता
- १३ जेठ बिहीबार, २०७८ | १३:०३:०० मा प्रकाशित
पोखरा । नेपाल प्रेस युनियनको ३० औं स्थापना दिवसमा नेपाल प्रेस यूनियन कास्कीले शुभकामना व्यक्त गरेको छ भने उत्कृष्ट सदस्य अवार्ड -२०७७ कार्यसमिति सदस्य विजय नेपालीलाई प्रदान गर्ने भएको छ ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी शान्ति, लोकतन्त्र, प्रेस स्वतन्त्रता, सूचनाको हकप्रति सदैवप्रतिवद्व रहदै आम श्रमजीवीको पेशागत अधिकार सुनिश्चितताका लागि युनियन कटिवद्व रहेको जनाएका छन् ।
श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणमा स्थापनाकालदेखि नै यूनियनले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै हालसम्म युनियनको विकास र विस्तारमा योगदान पु¥याउने सबैप्रति सम्मान व्यक्त गरिएको छ ।
कोराना महामारीका कारण सृजना भएको असहज अवस्थामा पनि जनतालाई सुसूचित गर्ने अभियानमा उच्च मनोबलका साथ पत्रकारहरुले निर्वाह गरेको भूमिकाको सम्मान गर्दछौ, विज्ञप्तिमा भनिएको छ ।
नेपाल प्रेस युनियन कास्कीले उत्कृष्ट सदस्य अवार्ड -२०७७ कार्यसमिति सदस्य विजय नेपालीलाई प्रदान गर्ने भएको छ । नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रदान गरिने यो अवार्ड कास्कीले गतवर्ष देखि शुरु गरेको हो । अवार्डको राशी नगद पाँच हजारसहित दोसल्ला र प्रशंसापत्र रहेको छ । उनी हाल ढोरपाटन दैनिक र समाचारपत्रमा कार्यरत छन् ।
कोरोना महामारीका कारण अवार्ड हस्तान्तरण कार्यक्रम भने पछि उपयुक्त समयमा गरिने सचिव प्रदिप पौडेलले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस