प्रेस युनियनकाे स्थापना दिवसमा विजय नेपालीलाई कास्कीको उत्कृट सदस्य अवार्ड
- गाउँ सहर संवाददाता
- १३ जेठ बिहीबार, २०७८ | १३:०३:०० मा प्रकाशित

पोखरा । नेपाल प्रेस युनियनको ३० औं स्थापना दिवसमा नेपाल प्रेस यूनियन कास्कीले शुभकामना व्यक्त गरेको छ भने उत्कृष्ट सदस्य अवार्ड -२०७७ कार्यसमिति सदस्य विजय नेपालीलाई प्रदान गर्ने भएको छ ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी शान्ति, लोकतन्त्र, प्रेस स्वतन्त्रता, सूचनाको हकप्रति सदैवप्रतिवद्व रहदै आम श्रमजीवीको पेशागत अधिकार सुनिश्चितताका लागि युनियन कटिवद्व रहेको जनाएका छन् ।
श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणमा स्थापनाकालदेखि नै यूनियनले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै हालसम्म युनियनको विकास र विस्तारमा योगदान पु¥याउने सबैप्रति सम्मान व्यक्त गरिएको छ ।
कोराना महामारीका कारण सृजना भएको असहज अवस्थामा पनि जनतालाई सुसूचित गर्ने अभियानमा उच्च मनोबलका साथ पत्रकारहरुले निर्वाह गरेको भूमिकाको सम्मान गर्दछौ, विज्ञप्तिमा भनिएको छ ।
नेपाल प्रेस युनियन कास्कीले उत्कृष्ट सदस्य अवार्ड -२०७७ कार्यसमिति सदस्य विजय नेपालीलाई प्रदान गर्ने भएको छ । नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रदान गरिने यो अवार्ड कास्कीले गतवर्ष देखि शुरु गरेको हो । अवार्डको राशी नगद पाँच हजारसहित दोसल्ला र प्रशंसापत्र रहेको छ । उनी हाल ढोरपाटन दैनिक र समाचारपत्रमा कार्यरत छन् ।
कोरोना महामारीका कारण अवार्ड हस्तान्तरण कार्यक्रम भने पछि उपयुक्त समयमा गरिने सचिव प्रदिप पौडेलले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस