१५ कराेड ६ लाख ८७ हजार ५५० ले हराए काेराेनाभाइरस, ९४ हजार ८९४ काे अवस्था गम्भीर
- गाउँ सहर संवाददाता
- १३ जेठ बिहीबार, २०७८ | ०५:०९:०० मा प्रकाशित
काठमाडाैँ । विश्वमा १५ कराेड ६ लाख ८७ हजार ५५० ले काेराेनाभाइरस हराएका छन् । १६ कराेड ९० लाख ५१ हजार ९८७ मा संक्रमण फैलिएकाेमा साे संख्याले स्वास्थ्यलाभ गरेसँगै अवस्था थप सुध्रिएकाे हाे । तर अहिलेसम्म भाइरसका कारण ३५ लाख ११ हजार २८९ काे भने मृत्यु भइसकेकाे छ ।
विश्वमा अहिले भाइरसकाे सक्रिय संक्रमण १ कराेड ४८ लाख ५३ हजार १४८ मा छ । यसमध्ये ९४ हजार ८९४ काे अवस्था गम्भीर रहेकाे वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसले बताएकाे छ ।
अहिलेसम्म काेराेनाभाइरसका कारण कुल संक्रमितमध्ये २ प्रतिशतकाे मृत्यु भएकाे छ ।

भारतमा पछिल्लाे २४ घण्टामा ३ हजार ८४२ जनाकाे मृत्यु भएकाे छ जुन विश्वकै पहिलाे उच्च हाे । यस्तै ब्राजिलमापनि पछिल्लाे २४ घण्टामा २ हजार २०५ काे मृत्यु भएसँगै उ दैनिक हिसावमा दाेस्राे मृतक बढी हुने देश भएकाे छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा थप १४५ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितकाे संख्या ५ लाख ३५ हजार ५३५ पुगेकाे छ भने निकाे हुनेकाे संख्या ४ लाख ११ हजार ६०३ छ । अहिलेसम्म ६ हजार ८४५ जनाकाे निधन काेराेनाकै कारण भइसकेकाे छ ।
देश निषेधाज्ञामा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस