सत्तास्वार्थ र मनपरीले संविधान र लोकतन्त्र संकटग्रस्त
- गाउँ सहर संवाददाता
- १२ जेठ बुधबार, २०७८ | २०:२२:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले संविधान र लोकतन्त्र संकटग्रस्त भएको बताएका छन् ।
राप्रपा अध्यक्ष राणाले सबै मिलेर आधुनिक नेपाल निर्माण यताको गौरव र एकता कायम राख्नु पर्ने बताएका छन् । वैशाख ११ तर्फ फर्केर १२ बुँदे सहमतिको जडबाट दीर्घ समाधान खोज्नु पर्नेमा उनले जोड दिएका छन् ।
सामान्य टालटुल र ढाकछोपले विद्यमान संकट समाधान नहुने उनको भनाइ छ ।
‘कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले राज्यव्यवस्थाप्रति जनताको विश्वास टुटेको छ,’ बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राणाले बुधबार भने ।
‘आफूलाई विधीभन्दा माथि राख्ने प्रवृतिले संविधान, लोकतन्त्र संकटमा छ । टालटुल, ढाकछोप समाधान होइन । यसर्थ वैशाख ११ तर्फ फर्केर १२ बुँदेकै जडबाट दीर्घ समाधान खोज्नु ज?री छ ।’
शान्तिका अग्रदुत बुद्धको शरणमा सम्राट अशोकले शान्ति, सौर्य प्राप्त गरेको दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, ‘कलिंगाको युद्धबाट अशोकको मन परिवर्तन भएझैं बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा अहम, आग्रह त्याग्ने, सबै नेपाली मिलेर आधुनिक नेपाल निर्माण यताको गौरव, एकता कायम गर्ने ज्ञान प्राप्त होस् । मंगलमय शुभकामना ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस