सिटिजन लाईफ इन्स्योरेन्सले गर्यो ४८ घण्टामै मृत्युदाबी भुक्तानी
- गाउँ सहर संवाददाता
- १२ जेठ बुधबार, २०७८ | १३:४४:०० मा प्रकाशित
भैरहवा, रूपन्देही । सिटिजन लाइफ इन्स्याेरेन्स भैरहवा शाखाले १२ लाखकाे बीमा दाबी रकम भुक्तानी गरेकाे छ ।
कम्पनीले मंगलबार रूपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं.-६ निवासी स्व. आरती राईले गरेकाे जीवन बीमा वापतकाे रहम श्रीमान जितेन्द्र बहादुर क्षेत्रीलाई मृत्यु दाबी माग गरेकाे ४८ घण्टाभित्रै रू. १२ लाख बीमांक रकम, काजक्रिया खर्च ५० हजारसहित एक वर्षकाे बाेनस वापत रू. ४२ हजार गरि एकमुष्ठ रू १२ लाख ९२ हजार भुक्तानी गरिएकाे हाे ।
मृतक राईले २०७७ साल चैत्र ३१ गते १२ लाखको वार्षिक अग्रिम भुक्तानी योजना रू १००६७१/- तिरी खरिद गरेकी थिइन् ।
उनको २०७८ साल बैसाख २९ गते कोभिडको कारणले निधन भएको थियो ।
दाबी भुक्तानी कार्यक्रममा भैरहवा एरिया प्रबन्धक नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, एजेन्सी मेनजेजर राधिका कुँवर र मृतक राईकाे सपरिवारकाे उपस्थिति रहेकाे थियाे ।
बीमा दाबीवापतकाे भुक्तानी लिँदै मृतकका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीले जीवनबीमा भुक्तानी प्रक्रिया अत्यन्तै सरल र सहज रूपमा पाएकाे बताए ।
उनले भने,- कतिपयकाे बीमा रकम लिन झण्झट र लामाे प्रक्रिया लाग्ने हुन्छ भन्ने पनि सुनेकाे थिएँ, तर सिटिजन लाइफमा अहिले विषम परिस्थितिमा पनि अत्यन्तै सहज गरिकाकाे भुक्चानीले बीमाप्रति थप विश्वास बढकाे छ । उक्त जीवन बीमा एजेन्सी म्यानेजर राधिका कुँवरले गराएकी थिइन् ।
उनले समयमै बीमा गर्नुकाे विकल्प नरहेकाे जानकारी गराउँदै हरेक परिवारले अनिवार्य जीवनबीमा गराउँदा जीवनशैली सहज हुने र सुख दुखकाे सारथी सरह हुने उल्लेख गर्दै काम, व्यवहार भनेर आलटाल गर्न नहुने कुरकाे जानकारी गराए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस