ताजा हावाले कम गर्छ काेराेनाकाे खतरा, भेन्टिलेशन दुरूस्त यसरी राख्नुहाेस्
- गाउँ सहर संवाददाता
- ११ जेठ मंगलबार, २०७८ | १२:३५:०० मा प्रकाशित

काठमाडाैँ । कोरोना कहरको दोस्रो लहर थोरै कम हुँदै गइरहेको देखिन्छ । पछिल्लो केहि दिनहरुमा नयाँ संक्रमितकाे संख्या पनि घट्दै गएकाे छ । तर लापरवाही अझै पनि छ र हुनसक्छ किनकी तेस्राे लहरकाे चेतावनी पनि वैज्ञानिकहरूले दिइसकेका छन् । नयाँ संक्रमणको गति कम भएको हुन सक्छ, तर अझै पनि लाखौं नयाँ संक्रमित थपिँदा छन् । याे महिना सबैभन्दा बढीकाे मृत्यु भएकाे छ दक्षिण एशियामा । त्यसकारण सतर्कता अझै पनि आवश्यक छ । घर र कार्यालयहरूमा कोरोनालाई फैलिनबाट बचाउन विभिन्न देशका सरकारले सल्लाहहरू जारी गरेका छन् र व्यक्तिगत तवरबाटपनि हामी प्रयासरत पनि छाैँ ।
हावामा स-साना कणबाट भाइरस एक अर्कामा सर्ने गर्दछ । लिक्वीड, ड्रपलेट्स र सतहबाट भाइरस सर्ने गर्दछ । तसर्थ काेठामा ताजा हावा प्रवेश गर्ने र निस्कने वातावरण बनाउनु पर्दछ । घरकाे ढाेका खुला राख्दा सबैभन्दा राम्राे । र एसी खुला भए ढाेका वा झ्याल खुला राखे सुनमा सुगन्ध सावित हुन्छ ।
कोरोनाभाइरस कसरी फैलिरहेको छ, बुझ्नुहोस् सतर्क कसरी हुनुपर्दछ र कसरी भाईरसबाट आफूलाई जोगाउन सक्नुहुन्छ ? घरमै वायुजीवनमा हल्का परिवर्तन गरेर यसबाट बच्न सकिन्छ । थाेरै सचेतनाकाे मात्र खाँचाे छ ।
भाइरस बन्द स्थानहरूमा फैलिने सम्भावना बढी हुन्छ । जान्नुहोस् कि कसरी तपाईंले घरमा हावा वारपार हुनुपर्छ त्यसकारण ताजा हावा घरमा आउँदछ र भाइरस फैलाउने जोखिम कम गराउँछ ।
काेठामा भेन्टिलेशन हुनु आवश्यक छ । साना घर वा तथा तल्लाे तलामा पनि भेन्टिलेशन हुनुपर्छ । एउटापनि खिड्की नहुँदा काेठामा ताजा हावा पस्न पाउँदैन । भेन्टिलेशन नभए झ्याल र ढाेका खुला राख्नुपर्छ । लामखुट्टे वा सर्प तथा किराबाट बच्नकाे लागि जाली भएकाे झ्याल बनाएरभएपनि हावा दुरूस्त काेठामा प्रवेश गराउने र निस्कने ठाउँ बनाउनु पर्छ ।
कार्यालयमा पनि एसी वा उपकरण चल्ने भए ढाेका वा झ्याल आधा खुल्ला गर्नुपर्छ । बस, रेल, गाडी वा अन्यकुनै स्थानमा पनि झ्याल वा ढाेका खुला गरेमात्र बाहिरी हावाले भित्र प्रवेश पाउँछ ।
जहाँ रहँदा पनि मास्ककाे प्रयाेगमा कमी ल्याउनु हुँदैन । भित्र सर्जिकल र बाहिर कपडाकाे मास्क अनिवार्य प्रयाेग गराैँ । मास्क चारैतिर टाइट हाेस् ताकि खुला ठाउँबाट भाइरस संक्रमण भित्र नपसाेस् । सर्जिकल मास्कलाई धाेएर नलगाउनुहाेला । कपडाकाे मास्क भने पुनः प्रयाेग गर्न सकिन्छ ।
यी सामान्य तर महत्वपूर्ण कुरालाई मनन गर्ने हाे भने अक्सिजन सप्लाईमा सहज भइ कुनैपनि राेगीकाे उपचार तथा राेग लाग्न नदिन कारगार सावित हुने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस