विकसित पछिल्लो राजनैतिक घटनाक्रमका सम्बन्धमा गैसस महासंघकाे यस्ताे अपिल
- गाउँ सहर संवाददाता
- ९ जेठ आइतबार, २०७८ | १४:२०:०० मा प्रकाशित
काठमाडाैँ । देश कोभिड-१९ को महामारीको दोस्रो लहरले आक्रान्त बनेको बेलामा भएको पछिल्लो राजनैतिक घटनाप्रति गैरसरकारी संस्था महासंघ नेपाल तथा नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको बताएकाे छ ।
गणतन्त्रको स्थापनापछि संविधान निर्माणसँगै पाँच वर्षका लागि स्थिर सरकार, संविधानप्रदत्त अधिकारको कार्यान्वयन र संघीयतालाई दिगो बनाई समृद्ध नेपाल निर्माणको जनआकांक्षा सम्बोधनका लागि सरकार र राजनैतिक दलहरु तथा आम नागरिक समाज एकढिक्का भएर लाग्नु पर्नेमा सत्तापक्ष र प्रतिपक्षी दलहरुको आन्तरिक कलहका कारण जननिर्वाचित संसद भंग भई मध्यावधि निर्वाचनको मिति घोषणा भएको भन्दै उसले ध्यानाकर्षण भएकाे बताएकाे हाे ।
जारी अपिलमा उसले "यो कदमलाई प्रमुख प्रतिपक्षी दल लगायतका अन्य राजनीतिक दलहरुले अस्विकार गरेको रमुलुक फेरी आन्तरिक राजनैतिक द्वन्द्व र अस्थिरतातर्फ उन्मुख हुँदै गएकोले यस महासंघ र सिंगो नागरिक समाजलाई अत्यन्त चिन्तित बनाएको छ । जनतामा निराशा मात्रै नभई संसदीय व्यवस्थाप्रति नै विश्वास घट्न थालेको छ जसले लोकतन्त्रको विकास र प्रवर्धनमा आँच पुग्ने छ । सरकार, प्रतिपक्ष लगायत सिंगो देश एक भई कोभिड-१९ महामारीले आक्रान्त जनताको जीवन बचाउन र त्रासदीमा मलम लगाउनुको साटो राजनैतिक अस्थिरतातर्फ जाँदा महामारी नियन्त्रण भन्दा पनि अन्यत्र ध्यान गएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो राजनैतिक घट्नाक्रमले नयाँ पुस्ता निराश मात्र नभई जनताले राजनैतिक स्थिरताको पक्षमा दिएको अभिमतको गम्भीर उल्लंघन भैरहेको महशुस हामीले गरेका छौँ । यस मानवीय संवेदनाको कठिन मोडमा राजनैतिक सहकार्य र सहमति गर्दै संविधानप्रदत अधिकारको रक्षा गरी जनचाहना अनुरुपको राजनैतिक कदमहरु चाल्नका लागि सरकार र सबै राजनैतिक दलहरुसँग आग्रह गर्दछौँ" भनिएकाे छ ।
उसले थप भनेकाे छ - "संविधान, जनता र देशप्रति जिम्मेवार रुपमा प्रस्तुत भई सहमति र सहकार्यको वातावरण निर्माण गरि देशभर तीब्र गतिमा बढी रहेको कोभिड-१९ महामारी नियन्त्रणमा लाग्न, निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्न, पर्याप्त अक्सिजन तथा अक्सिजन सिलिण्डरको व्यवस्था गर्न र कोभिड-१९ विरुद्धको खोप तत्काल उपलब्ध गराइ जनताको जीउज्यानको सुरक्षा गर्न सरकार र समृद्ध सबैमा हार्दिक अपिल गर्दछौं ।"
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस