गाउँ सहर

नेपाली कांग्रेस काठमाडाैं-राकाथुम सम्पर्क समितिद्वारा स्वास्थ्य सामाग्री सहयाेग

रामेछाप, खाँडादेवी । नेपाली कांग्रेस काठमाडाैं-राकाथुम सम्पर्क समितिले खाँडादेवी गाउँपालिका-१, राकाथुमस्थित स्वास्थ्य चाैकीलालाई विभिन्न स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ । 

काेभिड-१९ महामारी संक्रमणबाट बच्न सहयाेग पुगाेस् भनेर सम्पर्क समितिले ९५ लिटर सेनिटाइजर, ९ हजार मास्क, स्वास्थ्यकर्मीका लागि ६ थान पीपीई, फेस सिल्ड ४० थान तथा साबुनलगायत स्वास्थ्य सामाग्री सहयाेग स्वास्थ्य चाैकीलाई उपलब्ध गराइएकाे नेविसंघका नेता चन्द्र थापामगरले बताए । 

सम्पर्क समितिका सभापति बालगोपाल श्रेष्ठको संयोजकत्व तथा नेपाली कांग्रेस क्षेत्रीय सदस्य विष्णु कुमार घिसिङको उपस्थितमा उक्त स्वास्थ्य सामाग्री स्वास्थ्य शाखा प्रमुख पुरन शाहालाई हस्तान्तरण गरिएकाे थापामगरले बताए । 

रामेछाप-काभ्रेकाे सीमानास्थित खैरेनीघाटमा स्थापना गरिएकाे सशस्त्र प्रहरीकाे अस्थायी पाेष्टमा कार्यरत सुरक्षाकर्मीलाई पनि स्वास्थ्य सामाग्री उपलब्ध गराइएकाे उनले बताए । 

‘कोरोना भाइरसको संक्रमणलाई रोक्न स्थानीय निकायलाई अप्ठ्यारो परिरहेका बेला अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको हो । गाउँमा अहिले हरेक दिन संक्रमितको संख्या बढिरहेको छ । व्यवस्थापन गर्न चुनौती थपिरहेको छ । स्थानीय निकायको स्रोत साधानले मात्र कोरोना नियन्त्रण सम्भव छैन । यसका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । हामी आगामी दिनमा सक्दो सहयोग गर्ने प्रयास गछौं’ थापामगरले भने ।  

नेपाली कांग्रेस काठमाडाैं-राकाथुम सम्पर्क समितिले विभिन्न समयमा सामाजिक सेवामा सहयाेग गर्दै आइरहेकाे छ । 

गाउँ सहर संवाददाता