स्वास्थ्य

भारतमा काेराेना प्रभाव कम तर मृत्यु बढी, नेपालमा संक्रमणकाे दर घट्याे भन्न मिल्छ ? (कुन देशकाे अवस्था कस्ताे !)

काठमाडाैँ । भर्खरैकाे तथ्यांक हेर्ने हाे भने विश्वमा काेराेनाबाट संक्रमितकाे संख्या १६ कराेड ३६ लाख ९६ हजार ७१६ पुग्दा स्वास्थ्य लाभ गर्नेकाे संख्या १४ कराेड २१ लाख ४६ हजार ३१७ पुगेकाे छ । जसमा ३३ लाख ९२ हजार ६४६ जनाले भने ज्यान गुमाउनु परेकाे छ । जुन हिजाेकाे तुलनामा १० हजार बढी हाे । लाखाैँकाे हाराहारीकाे कुनै समयभन्दा याे सुधारिएकाे संकेत पक्कै हाे ।

वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसले विश्वमा अहिले भाइरसकाे सक्रिय संक्रमण १ कराेड ८१ लाख ५७ हजार ६९३ मा रहेकाे उल्लेख गरेकाे छ । उसका अनुसार, ९४.४% काे अवस्था मध्यम छ भने ०.६% काे अवस्था अर्थात् १ लाख २ हजार ४८७ काे अवस्था चिन्ताजनक रहेकाे छ । काेराेनाबाट स्वास्थ्य लाभ गर्नेकाे प्रतिशत ९८ छ भने अहिलेसम्म २% काे मृत्यु भएकाे छ ।

काेराेनाभाइरसकाे सुरूवातमै  अधिक दुःख पाएका देशहरूमा आज सन्ताेषकाे श्वास फेर्न थालेका छन् । अब्बल राेकथाम, नियन्त्रण, सुरक्षा उपकरकाे चुस्तता र राहतमुखी कार्यक्रममा उनीहरूले जाेड दिएकाे कारण नै उनीहरूकाे जन र धनकाे क्षति न्यून हुन थालेकाे छ । चीनबाटै सुरू भएकाे भाइरस, उसले अगाडि नै नियन्त्रणमा ल्यायाे भने सबैभन्दा बढि कहरले दुःख पाएकाे राष्ट्र अमेरिकामा पनि संक्रमण र मृतककाे दर अहिले सानाे जनसँख्याकाे देशभन्दा कमकाे संख्या झरेकाे छ ।

काेराेनाका कारण जनसंख्याकाे हिसावमा भारत अहिले सबैभन्दा बढी मृत्यु भएकाे देश बनेकाे छ । संगै रहेकाे नेपालकाे अवस्थापनि दयनिय छ । संक्रमण नपुगेकाे समुदाय अब छैन, स्वास्थ्य उपकरण र असहजताका बाबजुद संघर्ष गरिरहनु परेकाे छ । राजनीतिक अस्थीरताकाे शिकारले नेपाली समाज गाज्दा याे महामारी नियन्त्रणभन्दा बाहिर गएकाे स्वास्थ्यविदले बताइरहेका छन् । अभाव र निषेधाज्ञाकाबीच नेपालीले काेराेनसँग भिड्नु परिरहेकाे छ ।

काेराेना ग्राफले पछिल्ला दश खराब राष्ट्रहरू भनिएपनि उनीहरूकाे अवस्थामा सुधार देखिएकाे छ तर भारत र ब्राजिल लगायत अन्य विकासाेन्मुख राष्ट्रहरूमा महामारीकाे दाेस्राे लहरले हालत पतला बनाएकाे छ । दैनिक तथ्यांक जाेड्दा हिजाेबाट भारतमा पनि संक्रमणकाे दर घटेकाे छ जसकाे असरपनि हुन सक्छ नेपालमा अघिल्लाे दिनकाे तुलनामा संक्रमणमा सुधार भएपनि मृत्युकाे अवस्थामा सुधार देखिएकाे भने छैन ।  हिजाेमात्रै भारतमा ४ हजार ९२ र ब्राजिलमा ८९९ काे भाइरसका कारण ज्यान गयाे, जुन अघिल्लाे दिनकाे तुलनामा भारतमा मात्रै ६२ ले बढी हाे । त्यहाँ अहिले ४ र तीन डिजीटमा मृत्यु भइरहेकाे छ । हल्ला गरिएजस्ताे मृत्युमा भने थामिएकाे छैन तर हिजाेकाे तथ्यांकले संक्रमणकाे अवस्थामा भने सुधार देखिएकाे छ ।

नेपालमा पनि काेराेनाबाट पछिल्लाे २४ घण्टामा १४५* जनाकाे मृत्यु भएकाे थियाे । याेपनि तीन डिजीटमा उक्लिसकेकाे छ । थाेरै अघिल्लाे दिनकाे तुलनामा संक्रमणकाे दायरा भने घटेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट १९ हजार ५३९ र एन्टिजेन विधिबाट ३४४ को परीक्षण गर्दा दुबै विधि गरेर ७ हजार ३६८ नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७४.६ रहेको छ । मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १० हजार २६३ सक्रिय संक्रमित रहेका छन् । आज ७०१ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ । संस्थागत आइसोलेशनमा ७ हजार ८०८ र होम आइसोलेशनमा १ लाख २ हजार ४५५ रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ३१३ को आइसियूमा र ३८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।

यसले काेराेना नियन्त्रणमा चुकेका राष्ट्रहरूमा याे संकट चुलिएकाे संकेत गर्दछ । जनसंख्याकाे हिसावले पनि नेपालकाे संक्रमण र मृतककाे अवस्थाले राम्राे संकेत नगरेकाे स्वास्थ्य अधिकारीहरूले नै स्वीकार गरिसकेका छन् । अस्पताल, उपकरण, विभिन्न सामग्रीजस्ता अत्यावश्यकीय कुराकाे अभाव कायमै छ । खुला सीमाका कारण भारत र नेपालकाे गतिविधि बढ्नाले गर्दापनि उसमा सुधार देखिए, देशमा सुधार देखिनसक्ने बताइन्छ ।

गाउँ सहर संवाददाता