नेपालले काेराेनाबाट मृत्यु हुनेकाे संख्यामा चीनलाई उछिन्याे, कति छन् चीनमा हाल संक्रमित ?
- गाउँ सहर संवाददाता
- २ जेठ आइतबार, २०७८ | १७:३४:०० मा प्रकाशित

काठमाडाैं । काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्यामा नेपालले चीनलाई उछिनेकाे छ ।
कोरोनाभाइरस महामारीबाट नेपालमा हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या ५ हजार १ पुगेकाे छ । जबकी चीनमा ४ हजार ६ सय ३६ जना छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या ४ लाख ५५ हजार २० जना पुगेकाे छ । चीनमा ९० हजार ८ सय ४७ जनामात्रै छन् ।
त्यसैगरि नेपालमा हाल एक लाख १० हजार २६३ जना सक्रिय संक्रमित छन् भने चीनमा जम्मा २ सय ९१ जना मात्रै छन् ।
नेपालमा भने प्रति एक लाखमा १५.९ को मृत्यु भएको छ जुन हाल एशियामै सर्वाधिक सङ्ख्या मध्येमा पर्छ ।
वर्ल्डोमिटर्स डट इन्फोकका अनुसार विश्वभरका संक्रमित देशहरूमध्ये नेपाल ४३औँ छ भने चीन ९७औँ नम्बरमा छ ।
जब की चीनको जनसङ्ख्या १ अर्ब ४४ करोड भन्दा बढी छ भने नेपालको जनसङ्ख्या ३ करोडको हाराहारीमा छ । भौगोलिक र जनसङ्ख्याका हिसाबले ठूलो राष्ट्र चीनमा पुष्टि भएका सङ्क्रमणका घटना नेपालमा भन्दा कम देखिन्छ।
सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा निमोनियाका क्लस्टर केसहरू फेला परेका थिए जसलाई पछि गएर कोरोनाभाइरसका रूपमा पहिचान गरिएको थियो ।
सन् २०२०को ज्यानुअरी महिनामा कोरोनाभाइरस सङ्क्रमण विभिन्न देशहरूमा फैलिन सुरु भएको थियो ।
महामारी खेपिरहेकाे नेपालले कसरी चीनले महामारी राेक्न सफल भइरहेछ भन्ने अनुभवबाट लिएर सिक्नुपर्ने देखिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस