गाउँ सहर
चीनले दिएकाे १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकाबाट काठमाडाैं ल्याइँदै
- गाउँ सहर संवाददाता
- २ जेठ आइतबार, २०७८ | ११:०१:०० मा प्रकाशित

काठमाडौं । नेपाललाई चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आएको छ ।
तातोपानी नाकासम्म आइपुगेको अक्सिजनका सिलिण्डरहरूलाई काठमाडौं ल्याउने काम भइरहेकाे छ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले ती सिलिण्डरहरू सहयोग स्वरुप उपलब्ध गराएको हो । चीन सरकारले उपचारमा सहयोग पुगोस भनेर सिलिण्डरहरू नेपाललाई दिएको हो ।
नेपालमा अक्सिजन अभावको कारण अस्पतालहरूमा कोरोनाका बिरामीलाई उपचार गर्न समस्या भइरहेको बेला चीनले दिएको अक्सिजनले उपचारमा ठुलो सहयोग मिल्ने छ । यसै गरि सरकारले अक्सिजनको अभाव हुन नदिन देशमै अक्सिजन प्लान्ट देखि देशका विभिन्न ठाउँमा प्रयोग विहिन भएका अक्सिजन सिलिण्डर समेत जम्मा गरिरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस