ओलीकाे मन्त्रीपरिषद्मा सबै मन्त्री पुरानै अनुहार दाेहाेरिए (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- ३१ बैशाख शुक्रबार, २०७८ | १५:२४:०० मा प्रकाशित

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यस अघि ओलीको क्याबीनेटमा रहेका सबै मन्त्री दोहोरिएको हुन् । आज बिहीबार मात्रै प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज शुत्रबार पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।
प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको सहभागीता छ ।
भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । विपक्षीले बहुमतको सरकार बनाउन नसकेपछि ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हिसाबले प्रधानमन्त्री बनेका हुन् ।
हेर्नुहोस् नवनियुक्त मन्त्रीहरूको नामावली:
प्रधानमन्त्री/रक्षा – केपी शर्मा ओली
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपप्रधानमन्त्री – ईश्वर पोखरेल
गृहमन्त्री – रामबहाुर थापा
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री – टोपबहादुर रायमाझी
अर्थमन्त्री – विष्णुप्रसाद पौडेल
परराष्ट्रमन्त्री – प्रदीपकुमार ज्ञवाली
स्वास्थ्य तथा जनसंख्या मन्त्री – हृदयेश त्रिपाठी
उद्योग, वाणिजय तथा आपूर्ति मन्त्री – लेखराज भट्ट
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री – कृष्णगोपाल श्रेष्ठ
सहरी विकास मन्त्री – प्रभु शाह
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री – भानुभक्त ढकाल
खानेपानी मन्त्री – मणिचन्द्र थापा
कृषि तथा पशुपन्छि विकास मन्त्री – पद्माकुमारी अर्याल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री – गौरीशंकर चौधरी
सञ्चार तथा सूचना प्रविधिमन्त्री – पार्वत गुरुङ
भूमि व्यवस्था सहरी तथा गरिबी निवारण मन्त्री – शिवमाया तुम्बाहाङफे
कानुन न्याय तथा संसदीय मामिला मन्त्री – लिलानाथ श्रेष्ठ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री – गणेशसिंह ठगुन्ना
वन तथा वातावरण मन्त्री – प्रेम बहादुर आले
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री –जुली कुमारी महतो
युवा तथा खेलकुद मन्त्री – दावा लामा तामाङ
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री – नवराज रावत
सहरी विकास राज्यमन्त्री – रामवीर मानन्धर
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री – विमला विक

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
प्रतिकृया दिनुहोस