अर्थतन्त्र
सुन तोलामा एघार सय रुपैयाँले वृद्धि
- गाउँ सहर संवाददाता
- २४ बैशाख शुक्रबार, २०७८ | १४:४८:०० मा प्रकाशित
काठमाडाैं । शुक्रबार सुनचाँदीको मूल्य बढोत्तरी भएको छ । यसदिन सुन तोलामा एक हजार १०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघको तथ्यांक अनुसार यस दिन तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँमा रहेकाे छ ।
अघिल्लो कारोबार दिन सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकिएको थियो ।
सुनसँगै शुक्रबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार भने चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा झरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस