अर्थतन्त्र
सुन तोलामा एघार सय रुपैयाँले वृद्धि
- गाउँ सहर संवाददाता
- २४ बैशाख शुक्रबार, २०७८ | १४:४८:०० मा प्रकाशित

काठमाडाैं । शुक्रबार सुनचाँदीको मूल्य बढोत्तरी भएको छ । यसदिन सुन तोलामा एक हजार १०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघको तथ्यांक अनुसार यस दिन तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँमा रहेकाे छ ।
अघिल्लो कारोबार दिन सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकिएको थियो ।
सुनसँगै शुक्रबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार भने चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा झरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस