कांग्रेससँग विश्वासको मत माग्न पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले भने- दिन सक्दैनौँ
- गाउँ सहर संवाददाता
- २२ बैशाख बुधबार, २०७८ | १८:३०:०० मा प्रकाशित

काठमाडौं । विश्वासको मत दिनका अाग्रह गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई देउवाले विश्वासको मत दिन नसक्ने बताएका छन् ।
देउवा निवास बूढानीलकण्ठमा बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए ।
जवाफमा देउवासहितका कांग्रेस नेताहरूले विश्वासको मत दिन नसकिने बताएको कांग्रेस नेता प्रकाशशरण महतले बताए ।
'प्रतिपक्षी दल भएकाले विश्वासको मत दिन सक्दैनौँ,' देउवाको भनाइ उदृत गर्दै नेता महतले भने । कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त गर्नबाट रोक्ने निर्णय गरेको थियो ।
भेटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसहित एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र नेताहरू सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा 'बादल', विष्णु पाैडेल सहभागी थिए ।
कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पाैडेल, कृष्ण सिटाैला, विमलेन्द्र निधी, शशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलगायत सहभागी थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस