स्वास्थ्य
कोरोनाबाट हालसम्मकै उच्च मृत्य, पछिल्लो २४ घण्टामा ५५ जनाले ज्यान गुमाए
- गाउँ सहर संवाददाता
- २१ बैशाख मंगलबार, २०७८ | १७:१७:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ४१७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ७ हजार ५८७ नयाँ संक्रमित थपिएका छन । योसहित कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरमा ५९ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् । आज २५३ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार आजसम्म २५ लाख ३७ हजार २९५ जनाको पिसिआर टेस्ट भइसकेको छ ।


गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस