सिटिजन लाइफ इन्स्याेरेन्सद्वारा दुई दिनमा दुईवटा बीमा दाबी रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- १९ बैशाख आइतबार, २०७८ | २१:०५:०० मा प्रकाशित
बिर्तामाेड, झापा । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी बिर्तामाेड शाखाले दुई दिनमा दुईवटा बीमा दाबी रकम भुक्तानी गरेकाे छ ।
कम्पनीले पहिलाे दाबी भुक्तानीकाे लागि बीमितकी श्रीमती सुनिता मुरारकालाई जीवन बीमावापत रू २० लाख, बाेनस रू एक लाख २० हजार र काज किरिया खर्चवापत रू. ५० हजारसहित एकमुष्ठ २१ लाख ७० हजार बराबरकाे चेक हस्तान्तरण गरेकाे छ ।
बीमित उद्याेगी सुभास कुमार मुरारकाकाे पाेष्ट काेभिड निमाेनियाका कारण निधन भएकाे थियाे । मुरारकाकाे बीमा वापतकाे रकमकाे चेक बिर्तामाेड एरिया ब्राञ्च मेनेजर उत्तम काेइराला, व्यवसाय विकास संयाेजक जमुना कटुवाल, एजेन्सी मेजनेर भुवन सेडाइ, एजेन्सी मेनेजर चण्डीप्रसाद ढकाल र मुकुन्द कुमारी ढकालले मृतक मुरारकाकाे घरमै पुगेर छाेरा तथा श्रीमतीलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
मेचीनगर-१०, धुलाबारी निवासी मुरारकाले बीमा वापतकाे दुई वर्षकाे प्रिमियम मात्र बुझाएका थिए ।
त्यसैगरि, अर्काे बीमा दाबी भुक्तानी ऋणी बीमा वापतकाे पाँच लाख १० हजार बराबरकाे चेक शिक्षा साकाेसका सचिव दिपेश धाैरालीलाई साकाेसकाे कार्यालयमै पुगेर हस्तान्तरण गरिएकाे छ ।
.jpg)
बीमित धर्मेन्द्र राजवंशीले शिक्षा साकाेसबाट ऋण लिएवापत ऋण रकमकाे बीमा बराबरकाे चेक भुक्तानी गरेकाे हाे ।
राजवंशीकाे क्यान्सर राेगका कारण मृत्यु भएकाे थियाे ।
बीमितहरूकाे बीमा दाबी रकम छिट्टाे, छरिताे तथा झण्झटरहित प्रक्रियाले गरेकाे कम्पनीका एरिया ब्राञ्च मेनेजर उत्तम काेइरालाले बताए ।
स्मरण रहाेस् सिटिजन लाइफ इन्स्याेरेन्सले चाँडै नै ७५ कराेड बराबरकाे आइपिओ जारी गर्न लागेकाे छ । कम्पनीले मुलुकभरका १२५ शाखामार्फत सेवा प्रदान गर्दै आएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस