सिटिजन लाइफ इन्स्याेरेन्सद्वारा दुई दिनमा दुईवटा बीमा दाबी रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- १९ बैशाख आइतबार, २०७८ | २१:०५:०० मा प्रकाशित
.jpeg)
बिर्तामाेड, झापा । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी बिर्तामाेड शाखाले दुई दिनमा दुईवटा बीमा दाबी रकम भुक्तानी गरेकाे छ ।
कम्पनीले पहिलाे दाबी भुक्तानीकाे लागि बीमितकी श्रीमती सुनिता मुरारकालाई जीवन बीमावापत रू २० लाख, बाेनस रू एक लाख २० हजार र काज किरिया खर्चवापत रू. ५० हजारसहित एकमुष्ठ २१ लाख ७० हजार बराबरकाे चेक हस्तान्तरण गरेकाे छ ।
बीमित उद्याेगी सुभास कुमार मुरारकाकाे पाेष्ट काेभिड निमाेनियाका कारण निधन भएकाे थियाे । मुरारकाकाे बीमा वापतकाे रकमकाे चेक बिर्तामाेड एरिया ब्राञ्च मेनेजर उत्तम काेइराला, व्यवसाय विकास संयाेजक जमुना कटुवाल, एजेन्सी मेजनेर भुवन सेडाइ, एजेन्सी मेनेजर चण्डीप्रसाद ढकाल र मुकुन्द कुमारी ढकालले मृतक मुरारकाकाे घरमै पुगेर छाेरा तथा श्रीमतीलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
मेचीनगर-१०, धुलाबारी निवासी मुरारकाले बीमा वापतकाे दुई वर्षकाे प्रिमियम मात्र बुझाएका थिए ।
त्यसैगरि, अर्काे बीमा दाबी भुक्तानी ऋणी बीमा वापतकाे पाँच लाख १० हजार बराबरकाे चेक शिक्षा साकाेसका सचिव दिपेश धाैरालीलाई साकाेसकाे कार्यालयमै पुगेर हस्तान्तरण गरिएकाे छ ।
बीमित धर्मेन्द्र राजवंशीले शिक्षा साकाेसबाट ऋण लिएवापत ऋण रकमकाे बीमा बराबरकाे चेक भुक्तानी गरेकाे हाे ।
राजवंशीकाे क्यान्सर राेगका कारण मृत्यु भएकाे थियाे ।
बीमितहरूकाे बीमा दाबी रकम छिट्टाे, छरिताे तथा झण्झटरहित प्रक्रियाले गरेकाे कम्पनीका एरिया ब्राञ्च मेनेजर उत्तम काेइरालाले बताए ।
स्मरण रहाेस् सिटिजन लाइफ इन्स्याेरेन्सले चाँडै नै ७५ कराेड बराबरकाे आइपिओ जारी गर्न लागेकाे छ । कम्पनीले मुलुकभरका १२५ शाखामार्फत सेवा प्रदान गर्दै आएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस