शिक्षा

नेपाली कांग्रेसले भन्याे - आंशिक शिक्षक व्यवस्थापन गर्न त्रिविमा स्वीकृत गरेको १४२० दरबन्दी कार्यान्वयन किन नगरेको ?

काठमाडाैँ । नेपाली कांग्रेसले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरुको समस्या समाधान गर्न नेपाली कांग्रेसको नेतृत्वमा रहेको विगतको सरकारले स्वीकृत गरेको १४२० दरबन्दी कार्यान्वयन किन नगरेको भनेर सरकार र विश्वविद्यालयलाई उत्तर मागेको छ ।

कांग्रेस शिक्षा विभागले दरबन्दीसँगै सम्पूर्ण प्राध्यापकहरुलाई कोभिड खोपको व्यवस्था गर्नपनि माग गरेको छ ।

जारी विज्ञप्तिमा उसले कोभिड १९ को नयाँ भेरिएन्टको असर धमाधम देखिइरहेको सन्दर्भमा सम्पूर्ण अभिभावक, विद्यार्थी र शिक्षक वर्गमा स्वास्थ्यको न्यूनतम मापदण्ड अपनाउँदै भर्चुअल माध्यमबाट शिक्षण सिकाईलाई निरन्तरता दिन अनुरोध गरेको छ ।

जारी विज्ञप्तिः
 

गाउँ सहर संवाददाता