गाउँ सहर

देशभरका अस्पतालहरुमा ४०१ को आइसियूमा र ११० जनाको भेन्टिलेटरमा उपचार हुँदै (पूर्ण तथ्यांकसहित्)

काठमाडाैँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार २९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ५ हजार ७०६ नयाँ संक्रमित थपिएका छन् । दुबै विधिबाट १४ हजार ९६९ टेस्ट गरिएकोमा कुल ५ हजार ७६३ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

काेराेना कहर देशमा अत्यधिक बन्दै जाँदा देशैभरका स्थानीय सरकारहरूले निषेघाज्ञा जारी गर्दै गएका छन् । २२ जिल्लामा बढेकाे काेराेनाकाे व्यापक महामारीलाइ ध्यानमा राख्दै अन्य स्थानीय सरकारले पनि निषेधाज्ञा जारी गर्दै गएका हुन् ।

पूर्ण तथ्यांक

गाउँ सहर संवाददाता

तपाईँको मत