स्वास्थ्य

कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा बढिको मृत्यु, पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाए

काठमाडाैँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ३५ को मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार २४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ४ हजार ८३१ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरमा ३४ हजार ११७ सक्रिय संक्रमित रहेका छन् । आज ५९ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न आजबाट काठमाडौँमा निषेधाज्ञा जारी गरिएको छ । देशका केहि सहरमा यसअघि नै निषेधाज्ञा जारी गरिएका छन् ।
 

 

मन्त्रालयकाे सन्देश

गाउँ सहर संवाददाता