माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आज मुख्य सुरुङमा पानी हालेर प्राविधिक परीक्षण गर्दै
- गाउँ सहर संवाददाता
- १६ बैशाख बिहीबार, २०७८ | ०९:०३:०० मा प्रकाशित

काठमाडाैं । निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले (आज) बिहिवारबाट मुख्य सुरुङमा पानी हाली प्राविधिक परीक्षण गर्ने काम हुँदैछ ।आयोजनाकै जटिल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको तर्सो भागमा जडान थालिएको पेनस्टक पाइपको काम सकिएसंगै मुख्य सुरुङमा पानी परिक्षण सुरु गर्न थालिएको हो । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको प्रवक्ता डाक्टर गणेश न्यौपानेका अनुसार तेर्सो सुरुङमा २ दशमलव पाँच मिटरको दुईवटा पेनस्टक पाइप जडान कार्य सम्पन भएको छ ।
विगत १० वर्षदेखि दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन वैशाख भित्रै हुने निश्चित भएको छ ।
हाल आयोजनाको मुख्य निर्माणअन्तर्गत बाँध, इन्टेक, मुख्य सुरुङ, टेलरेस सुरुङ, विद्युतगृह लगायतका सिभिल संरचनाहरुमा सुरक्षा जाँचको काम भइरहेको छ ।लामाबगरमा निर्माण गरिएको एक सय मिटर लम्बाई र २२ मिटर उचाइ भएको बाँधमा गत बुधबारदेखि पानी भर्न सुरु गरिएकोमा जलाशय पुरै भरेको छ भने बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरू र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रो मेकानिकल उपकरणहरूको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।
सिभिल र हाइड्रो मेकानिकल संरचनामा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६ वटा टर्बाइन र ६ वटा जेनेरेटरहरूको क्रमैसँग परीक्षण र कमिसनिङ प्रारम्भ हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
- सरकारी बेरूजू थुप्रिएकाे थुप्रिएकै, ७ खर्ब ३३ अर्ब पुग्यो बेरुजु, वर्षमै थपियो ९१ अर्ब ५९ करोड
- रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा 4G मोबाइल सेवा विस्तार
- आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख
- क्यानसँगकाे सम्झाैताबाट बाहिरिने सन्दीपको निर्णय
- जेठको लागि बैंकहरूकाे नयाँ ब्याजदर प्रकाशित
- संसदमा सत्तापक्षी र प्रतिपक्षीका यस्ता तर्क (लाइभ)
- विवाहमा छोराबुहारीलाई बीमालेख उपहार
- सगरमाथा संवादमा १ सय ७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने
- प्रतिनिधिसभा बैठककाे यस्ताे कार्यसूची
प्रतिकृया दिनुहोस