‘आइएमई पे’ बाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने
- गाउँ सहर संवाददाता
- १४ बैशाख मंगलबार, २०७८ | १५:५९:०० मा प्रकाशित
काठमाण्डौ । डिम्याट खाता र मेरो सेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आमजनमानसको पहुँचसम्म पुर्याउनका लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार डिम्याट खाता र मेरो सेयरको नवीकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्टमार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।
सम्झौता कार्यक्रममा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई पे र एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भएपश्चात सेवाग्राहीलाई डिम्याट खाता र मेरो सेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्नेमा विश्वस्त भएको विचार ब्यक्त गरे ।
त्यस्तै आईएमई पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिबद्ध रहेको र यो सम्झौतापश्चात सेवाग्राहीलाई डिम्याट खाता र मेरो सेयर नवीकरणसँग सम्बन्धित कारोबारहरू थप सहज र सरल तरिकाले गर्ने सक्ने विचार व्यक्त गरे ।
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्तालाई लक्षित गरी गृहप्रवेश अफरअन्तर्गत रू. १ सयमा १०० रुपैयाँ नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस