मन्त्रिपरिषद्को निर्णय : उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा, परिस्थितिअनुसार थपिन सक्ने
- गाउँ सहर संवाददाता
- १४ बैशाख मंगलबार, २०७८ | ०७:१२:०० मा प्रकाशित

काठमाडाैं । सरकारले काठमाडाैं उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
यसअघि काठमाडाैं, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाडाैं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ७ दिनको अवधि तोकेर बिहीबारदेखि निषेधाज्ञा गर्ने घोषणा गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयहरुले ७ दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पुर्याएकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गाउँसहरलाई जानकारी दिए ।
यस्तै सरकारले सबै परीक्षा स्थगित गर्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयलाई पारित गरेको छ । यस्तै सरकारले अर्को निर्णय नभएसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्रमित हुने वित्तिकै निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई पनि मन्त्रिपरिषद् बैठकले सदर गरेको छ ।
नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने लगायतका निर्णय गरेको समेत उनले जानकारी दिए ।
बैठकले आन्तरिक उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस