ई–सेवा मनी ट्रान्सफरसँगको साझेदारीमा मनी ग्रामद्वारा नेपालमा सिमापार रेमिट्यान्स सेवा विस्तार गर्ने
- गाउँ सहर संवाददाता
- ७ बैशाख मंगलबार, २०७८ | १३:४६:०० मा प्रकाशित
काठमाडौं । ई–सेवा मनी ट्रान्सफरसँगको साझेदारीमा मनी ग्राम इन्टरनेशनले नेपालमा सिमापार रेमिट्यान्स सेवा विस्तार गर्ने घोषणा गरेको छ ।
मनी ग्राम इन्टरनेशनल सीमापार पी२पी रकम भुक्तानी र रकम स्थानान्तरणका लागि रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्सफरसँग साझेदारीको घोषणा गरेको हो ।
यस साझेदारी मार्फत विश्वभरि रहेका मनी ग्रामका ग्राहकहरुले सिधै आफ्नो परिवारजनको बैंक खाता वा ई–सेवा वालेटमा रकम पठाउन सक्नेछन् ।
यस साझेदारी पश्चात रकम सबै प्रमुख बैंकहरु सहित ६५ भन्दा धेरै बैंकहरुसँग जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सक्छ ।
संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु यस मनी ग्राम र ई–सेवाको साझेदारीबाट, संसारभरबाट सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
- कमिसन माग्दा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
- प्रभु बैंकको खण्डन: बैंकिङ प्रक्रियालाई गलत व्याख्या नगर्न आग्रह
- सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, भर्सन नेक्स्ट ‘आई–सोलुसनको शुभारम्भ
- दुर्गा प्रसाईको तत्काल रिहाइ गर्न डा. धवलशम्सेर राणाको माग
- काठमाडौंमा कपिल गोत्रीय पुवार खडका गुठीको आफ्नै भवन, इतिहास संरक्षणका लागि अनुसन्धान केन्द्र
- पोखरामा दोस्रो कोदो महोत्सव
प्रतिकृया दिनुहोस