शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा ७ जना पक्राउ
- गाउँ सहर संवाददाता
- ६ बैशाख सोमबार, २०७८ | २०:५६:०० मा प्रकाशित

काठमाडौँ । बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानका लागि एसएलसीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा ७ जनालाई विभिन्न स्थानबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-५ संझनाचोक बस्ने सप्तरी विष्णुपुर गाउँपालिका-२ घर भएका २८ वर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो-६ घर भएका धनुषा जनकपुर महानगरपालिका-७ जिरोमाईल बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, ललितपुर, ललितपुर महानरगपालिका-२ महालक्ष्मीथान बस्ने धनुषा सवैला नगरपालिका-५ घर भएका २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङ साविक चामे गाविस-५ का ३१ वर्षीय दिपेन्द्र गौतम, मोरङ विराटनगर महानगरपालिका-३ बरगाछी बस्ने सप्तरी सकरपुरा-१ घर भएका ३१ वर्षीय अखिलेश कुमार देव, भक्तपुर मध्यपुर ठिमी-२ आदर्श बस्ती बस्ने महोत्तरी मनरा-५ घर भएका २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँ रहेका छन् ।
शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानको लागि एसएलसिको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङक लगायतका बिवरणहरु सच्याई, थपघट गरी किर्ते मार्कसिट बनाई सोही मार्कसिटहरुको आधारमा बंगलादेशमा एमबिबिएस अध्ययनको लागि नेपाल मेडिकल काउन्सिल बाँसवारीबाट स्विकृती लिई आफ्नो ब्यक्तिगत लाभको लागि नेपाल सरकारबाट जारी गरिने एसएलसीको मार्कसिट किर्ते गरी लिखत सम्बन्धी कसूर अपराध गरेको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।
उनीहरु उपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस