कोरोनाका गम्भीर बिरामी बढे, ८ को मृत्यु, १४८ जना आइसियूमा, ४३ को भेन्टिलेटरमा उपचार हुँदै
[२४ घण्टाकाे पूर्ण विवरणसहित्]
- गाउँ सहर संवाददाता
- ६ बैशाख सोमबार, २०७८ | १७:२३:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोना संक्रमित गम्भीर विरामीको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १४८ जनाको आइसियूमा, ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशमा १ हजार १०६ आइसियू र ४६१ भेन्टिलेटर मात्र छन् । देशमा अहिले कुल सक्रिय संक्रमितको संख्या ७ हजार २५४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार १ पिसिआर विधिबाट र ५४७ को एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको छ । जसमा दुबै गरेर १ हजार २८१ संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ९१ पुगेको छ । नयाँ संक्रमित १ हजार २८१ जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या २५५ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म २३ लाख ५२ हजार ५०२ जनाको पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा ७ हजार २५४ र क्वारेन्टाइनमा रहनेको संख्या ८१ छ ।
छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।
सरकारले कोभिडको जोखिमलाई मध्येनजर गर्दै कोरोना प्रवाहित १४ जिल्लाका सहरी इलाकाका स्कूल भौतिक रुपमा बन्द गरेको छ ।
पूर्ण तथ्याँकमा नेपाल
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस