अर्थतन्त्र

सोमबार सुनको मूल्य बढ्याे

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुनको मूल्य ९० हजार सात सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९० हजार पाँच सय रुपैयाँमा कारोबर भइरहेको छ ।

यस्तै चाँदीको मूल्य स्थिर रही तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत