गाउँ सहर

पोखराका पर्यटन व्यवसायीले गरे ध्यान योग

पोखरा । कोरोनाको त्रास जारी रहेका बेला फेरि लकडाउन हुने पो  हो कि भनेर पिरोलिएका पर्यटन व्यवसायीहरुले तनावबाट मुक्त हुने आसमा ध्यान योग गरेका छन् । कोरोनाका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असरले पोखराका पर्यटन व्यवसायीहरुलाई तनाव बढेपछि ताजगी दिलाउनका लागि पोखरा ध्यान योग कार्यक्रम सम्पन्न भएको हो ।

पोखरा पर्यटन परिषद् तथा योगशालाको आयोजनामा कोभिडका कारण पर्यटन व्यवसायीमा पर्न गएको तनाव व्यवस्थापनका लागि बेगनास शिवालय योग रिसोर्टमा शनिबार आयोजित उक्त योग शिविरमा सहभागीहरुले ध्यान, योग निन्द्रा, हठ योग, ध्यान तथा उत्सव गरे । योग प्रशिक्षक स्वामी ध्यान सागर ( सुनिल श्रेष्ठ)ले कार्यक्रममा सहजीकरण गरेका थिए ।

तीन घण्टाको सो कार्यक्रममा पोखरा पर्यटन परिषद्मा अवद्ध विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरुका ३० सहभागीहरुले भाग लिए । सामाजिक दुरी कायम गर्दैै गरिएको सो शिविरमा सहभागीहरुले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन सकिए विभिन्न प्रकारका तनावबाट मुक्त हुन सकिने प्रतिक्रिया दिए ।

आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष बबरजंग गुरुङ्गले कार्यक्रको संयोजन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत