कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने तीन जना मन्त्री बने
- गाउँ सहर संवाददाता
- ५ बैशाख आइतबार, २०७८ | ०८:१३:०० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएको भोलीपल्टै उनले फ्लोर क्रस गर्ने चारमध्ये तीन एमाले सांसदलाई मन्त्री पद पुरस्कार दिएका छन् ।
शुक्रवार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले शनिवार मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।
उनले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरेका हुन् ।
यी तीनैजना एमालेका सांसद हुन् । उनीहरूले शुक्रवार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए ।
एमालेले कर्णाली प्रदेशको कमिटीको शनिवारको बैठकले शुक्रवारदेखि नै लागू हुने गरी ‘फ्लोर क्रस’ गर्ने तीन जनालाई पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस