गाउँ सहर
भक्तपुरमा मोटरसाईकल दुर्घटना, दुईको मृ्त्यु
- गाउँ सहर संवाददाता
- ३ बैशाख शुक्रबार, २०७८ | १७:०२:०० मा प्रकाशित

काठमाडौं । भक्तपुरको घलाँतेमा आज बिहान करिब ११ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर स्थायी घर भई हाल पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरी र बाँके घर भई हाल पुतलीसडक बस्ने अन्दाजी २२ वर्षीय सूर्य ओली रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए अनुसार भक्तपुर नगरपालिका–१ स्थित घलाँतेमा काठमाडौंबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–०११ प ८२५० नम्बरको मोटरसाईकल तीब्र गतिमा रहेको र सो मोटरसाइकल आफैं अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियोे।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस