काठमाडाैं । आइतबार सुन र चाँदी दुबैको भाउमा सामान्य गिरावट देखिएको छ । यस दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघको अनुसार आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्ले दिन शुक्रबार छापावाला सुन प्रतितोला ८९ अहजार ९०० र तेजाबी सुन ८९ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी, आइतबार चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबारसम्म चाँदीको भाउ प्रतितोला १ हजार २८० रुपैयाँ कायम थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस