गाउँ सहर

सामाजिक कार्यमा सक्रिय याङ योञ्जन

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोक लिसंखु पारवरमा जन्मिएकी याङ योञ्जन सामाजिक करुणाका पात्र रुपमा चिनिन्छिन ।

मानिसहरु फरक फरक सोच र स्वभावका हुन्छन् तर समाजका विभिन्न आवश्यकताहरुलाई मध्यनजर गरी त्यस्ता समस्या समाधन गर्ने मानिसहरु विरलै पाइन्छ ।यस्तै उदा‌हरणीय एवं दयनीय करुणाकी पात्र याङ योञ्जन समाजमा अलपत्र परेका एवं विपन्न आर्थिक कमजोर समस्याबाट ओझेलमा परेकाहरुको सहयोग एवं उपचार लगायत उद्धारका क्रियाकलापहरु संचालन गर्दै आएकी छन् । मानिसमा धर्म, कर्म, मर्म यी तीन गुणयुक्त मानिस समाजका कर्मठ व्यक्तित्वमा चिनिन्छ ।

यस्तै पवित्र दया माया करुणाको भाव बोकेका याङ योञ्जनले ओखलढुंगा घर भएका वर्ष ६ का युनिसा परियार जाे ब्लड क्यान्सरले पीडित छन् उनको उपचारकाे लागि सहयाेग जुटाइरहेकी छन् ।

कान्ति बाल अस्पतालमा उपचार गरिरहेका परियारकाे उपचारको लागी मात्र हाेइन रगत संकलन, आर्थिक संकलन र सहयोग आत्मबल उत्साहित एवं क्षमता अभिवृद्धि जस्ता क्रियाकलापहरुमा सक्रिय छिन् याेञ्जन ।

उनले आफ्नो छोराछोरीको जन्म दिनको अवसरमा पनि अन्य विपन्नहरुलाई आवश्यक सहयोग गरी खुशीयालीकासाथ जन्मदिन मनाउने उदाहरणीय कम गर्दै आएकी छन् । विपन्नहरुको शिक्षा, स्वास्थ एवं दैविक प्रकाेपमा परेकाहरूकाे उद्धारमा पनि याङ योञ्जन आमा बनेकी छन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत