स्वास्थ्य

कोरोनाभाइरसका ६५ संक्रमितको आइसियूमा र १६ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ । नेपालमा कोरोनाभाइरसका ६५ संक्रमितको आइसियूमा र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।

पछिल्लो २४ घण्टामा दुइ जनाकाे मृत्यु भएकाे छ । याेसहित कुल मृतककाे संख्या ३ हजार ३८ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा पीसीआर परीक्षणबाट २९८ र एन्टिजेन परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको हो ।

हाल देशभर २ हजार २ सय १ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा देशभर ४ हजार १०० पीसीआर र १ हजार ४० एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार ७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । 

गत २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा ५, ललितपुरमा २६, र काठमाडौँमा १३२ जना संक्रमित थपिएका हुन् ।

गाउँ सहर संवाददाता