काेराेना अपडेटः थपिए १५२ जना कोरोना संक्रमित, काठमाडाैंमा सबैभन्दा बढि
- गाउँ सहर संवाददाता
- १९ चैत बिहीबार, २०७७ | १६:४९:०० मा प्रकाशित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ८६ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा ७३, भक्तपुरमा ५ र ललितपुरमा ८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार ६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ ।
हाल देशभर १ हजार ५ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार २ सय १३ पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३१ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस