काेराेना अपडेटः थपिए १५२ जना कोरोना संक्रमित, काठमाडाैंमा सबैभन्दा बढि
- गाउँ सहर संवाददाता
- १९ चैत बिहीबार, २०७७ | १६:४९:०० मा प्रकाशित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ८६ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा ७३, भक्तपुरमा ५ र ललितपुरमा ८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार ६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ ।
हाल देशभर १ हजार ५ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार २ सय १३ पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३१ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
प्रतिकृया दिनुहोस