गाउँ सहर
हत्या गरेको अभियोगमा पक्राउ
- गाउँ सहर संवाददाता
- १७ चैत मंगलबार, २०७७ | ११:४८:०० मा प्रकाशित
सुनसरी । ईटहरी उपमहानगरपालिका-२ बस्ने ५५ वर्षीय केशब कार्कीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय जिवन रेग्मीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पूरानो रिसईवीको कारण जिवनले केशबलाई फलामको खन्ति प्रहार गरी फरार भएको र घाईतेलाई उपचारको लागि धरान घोपा पठाएको भन्ने खबर प्राप्त हुनासाथ सामुदायिक प्रहरी बिट शान्तिझोडा र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका-२ स्थित कृषि फार्मबाट उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते भएका केशवको उक्त अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस