स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए १२० कोरोना संक्रमित, ८५ ले गरे स्वास्थ्य लाभ

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका नयाँ १२० संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या २,७६,५०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या ८५ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २,७२,२७२ पुगेको छ ।

मन्त्रालयका अनुसार भाइरसका कारण अहिलेसम्म ३,०२० जनाको मृत्यु भएको छ ।

आजसम्म पिसिआर टेस्ट गर्नेको संख्या २२,५१,८८४ पुगेको छ । अहिले देशभरका आइसोलेशनमा १,२१७ र क्वारेन्टाइनमा रहनेको संख्या ५५ छ ।

देशमा सक्रिय संक्रमितको संख्या १,२१७ रहेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता