काे-कति खुसी ? हेर्नुहाेस् वर्ल्ड हेप्पीनेस रिपाेर्ट २०२१ यसाे भन्छ
- गाउँ सहर संवाददाता
- ९ चैत सोमबार, २०७७ | १९:४६:०० मा प्रकाशित
काठमाडौँ । खुसी हुने मानिस सुखी हुन्छ । यो भनाइ र भोगाइ विश्वमा देखिँदै आएको धेरै भइसक्यो । कोभिडको महामारीमा पनि वर्ल्ड हेप्पीनेस रिपोर्ट २०२१ सार्वजनिक भएको छ । यसपटक विश्वका १४९ देश सहभागी थिए ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । प्रतिवेदननुसार, संसारका सबैभन्दा बढी खुसी मुलुकमा फिनल्याण्ड, डेनमार्क, स्विट्जरल्याण्ड, आइसल्याण्ड र नेदरल्याण्ड रहेका छन् ।
सूचीमा रहेका अघिल्ला दश देशमध्ये न्युजिल्याण्ड बाहेक अरु सबै युरोपेली मुलुक रहेका छन् । न्युजिल्याड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ मा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७ औँ नम्बरमा रहेको जर्मनी यस पटक साताैँ क्रममा परेको छ ।
नेपाल सूचीमा ८७ औँ नम्बरमा छ भने अफगानिस्तान सबैभन्दा पुच्छार अर्थात १४९ नम्बरमा परेकाे छ ।
विश्व खुशीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक वर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुशीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।
कसरी खुसी रहने ?
- जीवनमा जे छ त्यसमै खुसी हुने,
- सकारात्मक मानिससँग संगत गर्ने,
- दयालु र विनम्र रहने,
- घुमफिर गर्ने; फिल्म, थिएटर, डान्स जस्ता क्रियाकलापमा सहभागी हुने ।
हेर्नुहाेस् पूर्ण रिपाेर्ट
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस