वातावरण

साेमबार सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागहरुमा बदली

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार चैत्र ०९ गते (सोमबार) दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै  स्थानहरु र बाँकी प्रदेशका पहाडी भू- भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली  रहि देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत