यस्ता छन् मुक्तिनाथ विकास बैङ्कको ‘होली सप्ताह अफर’
- गाउँ सहर संवाददाता
- ६ चैत शुक्रबार, २०७७ | १५:२४:०० मा प्रकाशित

काठमाडाैं । मुक्तिनाथ विकास बैङ्कले फागु पूर्णिमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्तर्गत चैत्र ६ देखि चैत्र १३ गतेभित्र मुक्तिनाथ बैङ्कको सामान्य बचत खाता खोलेमा रु १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फारम या आवेदन पनि यहि अफर समय अवधि भित्र दिनु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निःशुल्क लिन सक्नेछन् ।
यस होली सप्ताह अफरसँगै ग्राहकले चाहेमा निःशुल्क डीम्याट खाता पनि बैङ्कमार्फत् खोल्नसक्नु पर्नेछ । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैङ्कले यो अफर ल्याएको हो ।
विकास बैङ्कले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैङ्कको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैङ्कको शाखामा उपस्थित नभइ घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस