राजनीति

नेकपा एमालेकाे १०औं महाधिवेशन मंसिरमा, नेताहरूकाे जिम्मेवारी हेरफेर (सूचीसहित)

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोक्नुका साथै नेताहरूको जिम्मेवारी तोकेको छ ।

बैठकले पार्टीको १०औं महाधिवेशन आगामी २०७८ साल मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गर्नुका साथै नेताहरूको जिम्मेवारी समेत तोकेको हो ।

बैठकले पार्टीको प्रवक्ताको जिम्मेवारी प्रदिप कुमार ज्ञवालीलाई तोकेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ सहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

त्यसैगरी बैठकले सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि समेत तोकेको छ । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएको छ ।

प्रदेश १

इन्चार्ज : सुवासचन्द्र नेम्वाङ
अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल

प्रदेश २

इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभु साह,
सचिव : सुमन प्याकुरेल

बाग्मती

इन्चार्ज : रामबहादुर थापा बादल
अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी

गण्डकी

इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष : जगत विश्वकर्मा
सचिव : गोविन्द नेपाली

लुम्बिनी

इन्चार्ज : शंकर पोखरेल
अध्यक्ष : लीला गिरी
सचिव : खेममान खड्का

कर्णाली

इन्चार्ज : यमलाल कँडेल
अध्यक्ष : गुलाबजंग शाह
सचिव : धर्मराज रेग्मी

सुदूरपश्चिम

इन्चार्ज : लेखराज भट्ट
अध्यक्ष : कर्ण थापा
सचिव : राजेन्द्र सिंह रावल

विभागहरु

स्कुल विभाग प्रमुख : केपी शर्मा ओली

संगठन विभाग प्रमुख : विष्णु पौडेल

विदेश विभाग प्रमुख : राजन भट्टराई

सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुख : छविलाल विश्वकर्मा

संसदीय विभाग प्रमुख : सुवास नेम्वाङ

निर्वाचन विभाग प्रमुख : विष्णु रिमाल

गाउँ सहर संवाददाता

तपाईँको मत