सत्ता साझेदारीका लागि एमाले र जसपाबीच आजकाे वार्तामा कुराे मिल्ला
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण शुक्रबार, २०७७ | ०९:३६:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने/नहुने बारे नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच आज पनि वार्ता हुँदै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे निर्णायक वार्ता हुने नेताहरुले बताएका छन् । आज दुई दलबीच कार्यदलस्तरमा छलफल हुनेछ ।
यसअघि बिहीबार भएको एमाले र जसपाका शीर्ष नेताहरुबीचको छलफल ‘सकारात्मक’ भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका थिए ।
हिजाेकाे छलफलमा एमालेको तर्फबाट प्रधानमन्त्री ओलीका साथै अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल, राजन भट्टराई लगायतका नेता सहभागी थिए ।
जसपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण सहभागी भएका थिए । जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने छलफलमा सहभागी भएनन् ।
जसपाले पहिला आफूहरुका माग पूरा भए मात्र सरकारमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताउँदै आएको छ ।
जसपाले रेशम चौधरीको रिहाई, मधेश आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन लगायतका माग उठाउँदै आएको छ ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि नयाँ सरकार गठन हुने कि ओली नेतृत्वकै सरकारले निरन्तरता पाउने भन्ने अन्योलता कायम रहेकै बेला संसदमा निर्णायक बनेको जसपाले सबैसँग छलफल गरेर आफ्ना माग सम्बोधन गर्ने पक्षसँग मिलेर सरकार बनाउने निर्णय मंगलबारको संसदीय दलको बैठकमार्फत गरेकाे थियाे ।
ओली नेतृत्वकै सरकारमा सहभागी हुने कि कांग्रेस र माओवादीसँग मिलेर नयाँ सरकार बनाउने भन्ने विषयमा जसपाभित्र मतान्तर छ ।
पूर्व राजपा पक्ष ओली नेतृत्वकै सरकारमा जानु पर्ने बताइरहेको छ भने अर्को पक्ष ओलीलाई कुनै हालतमा सहयोग गर्न नहुने अडानमा छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस