विश्वभर हालसम्म ११ कराेड ८१ लाख जनालाई काेराेनाले भेट्याे, ९ कराेड निकाे हुँदा २८ लाखकाे मृत्यु
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बुधबार, २०७७ | ०६:५५:०० मा प्रकाशित

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १६ लाख ९४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड ३८ लाख २७ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ८१ लाख ४३ हजार नाघेको छ भने मृतकको संख्या २६ लाख २१ हजार १२ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८९ हजार ७५२ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ९८ लाख भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ४० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १२ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५ लाख ४४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ८७ लाख १५ हजार जनामा भाइरस सक्रिय छ ।
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १२ लाख ६१ हजार ४७० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५८ हजार ७९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ९ लाख १७ हजार ६२४ जना निको भएका छन् । सक्रिय केस १ लाख ८५ हजार ७६७ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ११ लाख २५ हजार जना संक्रमितमध्ये ९८ लाख ४३ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ६८ हजारभन्दा बढी छन् । हाल १० लाख ६८ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित २ लाख ७४ हजार ८६९ जना पुगेका छन् भने २ लाख ७० हजार ९८७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १२ पुगेको छ भने ८७० जना उपचाररत छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस