पच्चीस सय बाेरा युरिया मल वीरगञ्ज आइपुग्यो
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | १८:३१:०० मा प्रकाशित
काठमाडाैं । बंगलादेशबाट २५ सय बोरा मंगलबार दिउँसो वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको छ ।
सरकारले बंगलादेशसँग जीटुजी (सरकार–सरकार) मार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति गरे बमोजिम पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन युरिया मल ल्याईने लागिएकाे छ । साेही क्रममा २५ सय बाेरा मंगलबार नेपाल भित्रिएकाे हाे ।
सरकार–सरकारको बीचमा मलका लागि सम्झौता भएको दिनदेखि पाँच महिनापछि पहिलो चरणको मल आइपुगेको हो भने तीन चरणमा मल ल्याउने तयारी कृषि सामग्री केन्द्र लिमिटेडको रहेको छ ।
पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन , दोस्रो चरणमा १० हजार मेट्रिक टन र तेस्रो चरणमा १७ हजार मेट्रिक टन मल ल्याउने तयारी कृषि सामग्री केन्द्र लिमिटेडले गरेको छ ।
सुरुमा बंगलादेशबाट पैँचोमा ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भए पनि पैँचो मल दिने प्रक्रिया झन्झटिलो भएको बंगलादेशले जनाएपछि सरकार–सरकारबीच सम्झौता गरी खरिद गरेर नै मल ल्याइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस