जनताका समस्या र राजनीतिक संकट ज्यूँ का त्यूँ : पौडेल
- गाउँ सहर संवाददाता
- २१ फाल्गुण शुक्रबार, २०७७ | २१:५१:०० मा प्रकाशित

लेखनाथ । सर्वोच्च अदालतको फैसलापछि संसद विघटनपछिको गम्भीर राजनीतिक संकट तत्काललाई टरेको भए पनि समस्या ज्यूँ का त्यूँ रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं ३२, भू.पू सैनिक संघले आयोजना गरेको वनभोज कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संकट तत्काललाई टरेको भए पनि नेपाली जनताका समस्या र राजनीतिक संकट ज्यूँ का त्यूँ रहेको औँल्याउदै यसलाई हामीले ठीक ढंगले बेलैमा समाधान गरेनौं भने आगामी दिनहरुमा पनि संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई फेरि संकटतर्फ धकेल्ने अहिलेकै जस्तो प्रयास हुन सक्छ ।
सर्वोच्च अदालतको फैसलापछि प्राप्त अवसरलाई देशमा विद्यमान संरचनात्मक समस्या हल गर्ने मौकाका रुपमा लिनु पर्ने बताउदै भू.पू सैनिकले देशप्रति गरेको योगदानको चर्चा गर्दै सैनिकहरुको योगदानलाई कदर गर्दै व्यवस्थालाई विकृत विसंगतीबाट बचाउनु पर्ने दायित्य भू.पू. सैनिकामा रहेको कुरामा जोड दिए ।
पोखरा महानगरपालिका वडा नं. ३२, भू.पू. सैनिकका सभापति राजु खत्रीको सभापतित्वमा भएको सो कार्यक्रमा भू.पू. सैनिक संघका वयोवृद्ध सदस्य जयबहादुर शाहीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस