अर्थतन्त्र

प्रभु बैंकले राख्याे तालबाराही मन्दिरमा क्यू आर कोड

काठमाडाैं । प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरिएको छ ।

फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रम गरि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले क्यूआर कोड हस्तान्तर गरेका हुन् । 

यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एपि्लकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहत कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको बैंकले जनाएकाे छ । 

गाउँ सहर संवाददाता