अर्थतन्त्र

सुनको मूल्य घटेर कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । स्थानीय बजारमा आज सुनकाे मूल्य तोलामा नै रु एक हजारले ओरालो लागेको छ । 

तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ । 

त्यसैगरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

साथै बुधबार रु एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ । 

गाउँ सहर संवाददाता