सांसदहरुले लगाउँदैछन् आजदेखि कोराेना विरुद्धको खोप
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बुधबार, २०७७ | ०७:५५:०० मा प्रकाशित
काठमाडाैं । सांसदहरूले आजदेखि कोरोनाविरूद्ध खोप लगाउने भएकाे छ ।
प्रतिनिधि सभा बैठक आह्वान भएपछि उनीहरूलाई बुधबार कोरोनाविरूद्ध खोप दिन लागिएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रका अनुसार आजर बिहान १० बजेदेखि खोप लगाउन सुरू गरिन्छ ।
सिभिल अस्पताल नयाँ बानेश्वरबाट कोरोनाविरूद्ध उनीहरूलाई खोप दिने तयारी छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी छन्।
प्रतिनिधि सभा बैठक कक्षमा सामाजिक दूरी र मास्क अनिवार्य गरिएको छ।
सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणाको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिइने भएको छ । २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि आजबाट सांसदहरुलाई खोप दिइने भएको हो ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतलाई कोरोनाविरूद्ध खोप दिएको थियो। भारत सरकारले अनुदानमा १० लाख डोज खोप दिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस