सांसदहरुले लगाउँदैछन् आजदेखि कोराेना विरुद्धको खोप
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बुधबार, २०७७ | ०७:५५:०० मा प्रकाशित

काठमाडाैं । सांसदहरूले आजदेखि कोरोनाविरूद्ध खोप लगाउने भएकाे छ ।
प्रतिनिधि सभा बैठक आह्वान भएपछि उनीहरूलाई बुधबार कोरोनाविरूद्ध खोप दिन लागिएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रका अनुसार आजर बिहान १० बजेदेखि खोप लगाउन सुरू गरिन्छ ।
सिभिल अस्पताल नयाँ बानेश्वरबाट कोरोनाविरूद्ध उनीहरूलाई खोप दिने तयारी छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी छन्।
प्रतिनिधि सभा बैठक कक्षमा सामाजिक दूरी र मास्क अनिवार्य गरिएको छ।
सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणाको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिइने भएको छ । २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि आजबाट सांसदहरुलाई खोप दिइने भएको हो ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतलाई कोरोनाविरूद्ध खोप दिएको थियो। भारत सरकारले अनुदानमा १० लाख डोज खोप दिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस