‘डाक्टर बा’ नामले चिनिने शंकरप्रसाद उप्रेतीको निधन, देउवाद्वारा दुःख व्यक्त
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण आइतबार, २०७७ | १४:०१:०० मा प्रकाशित
काठमाडौं । ‘डाक्टर बा’ नामले चिनिने डा. शंकरप्रसाद उप्रेतीको निधन भएको छ ।
कांग्रेस झापाका नेता डा उप्रेतीको शनिबार राति ८८ वर्षका उमेरमा काठमाडौँमा निधन भएको हो ।
५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा. उप्रेती नेपाली कांग्रेस झापाका पुराना नेता एवम् राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन् । पछिल्ला केही वर्षदेखि अस्वस्थ भएपछि उनी छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए ।
भारतबाट एमबीबीएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका डा. उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसोबास गरी त्यस क्षेत्रका बिरामीहरुको निःशुल्क उपचार गरेका थिए ।
झापा र आसपासका जिल्लामा ‘डाक्टर बा’ नामले चिनिएका उप्रेतीले निःस्वार्थ जनताको सेवा गरेका थिए । उनको दाहसंस्ककार आइतबार नै गरिएको छ ।
२०४६ सालपछि उप्रेती कांग्रेसबाट ६ वर्षसम्म राष्ट्रिय सभा सांसद भएका थिए । उप्रेती पञ्चायतविरोधी आन्दोलनका बेला पटकपटक जेलसमेत परेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनबाट आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको जनाएका छन् ।
सभापति देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस