प्रजातन्त्र जोगाउन राजसंस्था र हिन्दुराष्ट्रको आधार अपरिहार्य : राणा
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण शनिबार, २०७७ | १९:४९:०० मा प्रकाशित

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्र जोगाउन दलभन्दा माथि रहने राजसंस्था र हिन्दुराष्ट्रको आधार अपरिहार्य भएको बताएका छन् ।
नैतिकताको प्रश्नमा जनताले राजनीतिक नेतृत्वलाई विश्वास गर्ने आधार निर्माण नभएसम्म प्रजातन्त्र सबल नहुने, विकास र समृद्धि प्राप्त नहुने राप्रपा अध्यक्ष राणाले बताए । देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘प्रजातान्त्रिक पद्धति सबल तुल्याउन निष्पक्ष राष्ट्र प्रमुखको रुपमा राजसंस्था र सनातन हिन्दुराष्ट्र आवश्यक देखिएको छ । पछिल्लो घटनाक्रमले राप्रपाले उठाउँदै आएको हिन्दुराष्ट्रको आधार र राजसंस्थाको अभिभावकीय भूमिका झन् टड्कारो भएको छ,’ अध्यक्ष राणाले शनिबार राप्रपानिकट युवा संगठनको भेलालाई सम्बोधन गर्दै भने ।
साम्यवादी पार्टीले जनादेश विपरीत काम गरेको भन्दै राणाले सत्तारुढ नेकपाको खरो आलोचना गरे । नेकपा नेतृत्वको सत्ताकेन्द्रीत स्वार्थको कारण देश, संविधान संकटउन्मुख रहेको उनको भनाइ थियो । सत्तारुढ दलले विगतका गल्तीबाट पाठ सिक्नु पर्दछ, राणाले भने ।
प्रजातन्त्रलाई जनमुखी बनाएर बेरोजगार, भ्रष्टाचार र विकृतिको अन्त्य गर्नु पर्नेमा उनले जोड दिए ।
अर्का अध्यक्ष कमल थापाले आसन्न संकट दूर गर्न युवाहरु नेतृत्वमा आउनु पर्ने विचार राखे । वर्तमान संकटका लागि कांग्रेस र कम्युनिष्ट जिम्मेवार रहेको उनको जिकिर थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस